दक्षिण अफ्रिका र इंग्ल्यान्डको खेल पुन: स्थगित
आइतबार, मंसिर २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय क्रिकेट पुन: स्थगित भएको छ ।
खेलाडी बसेको होटेलका दुई स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो एकदिवसीय फेरी स्थगित गरिएको हो ।
घरेलु टिम र इंग्ल्यान्डबीचको खेल आज पर्लमा हुने तालिका रहेको थियो ।
तर, होटलका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो ।
यस अघि शुक्रबार दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।
आज तय भएको खेल समेत स्थगित भएपछि इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण लम्बिने भएको छ ।
यस अघि इंग्ल्यान्डले टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

