• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
काे बन्ला प्रशिक्षक ?
खेलपाटी संवाददाता
आइतबार, मंसिर २१, २०७७ खेलपाटी संवाददाता
काे बन्ला प्रशिक्षक ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम लामो समयबाट मुख्य प्रशिक्षक विहीन रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुवरीबाट मुख्य प्रशिक्षक विहीन रहेको हो ।

नेपालले गत मार्चमा अन्तिम पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनै टमटाको प्रशिक्षणमा नेपालले सन् २०१८ मा ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

मार्चबाट कोरोना भाईरसको महामारी सुरु भएपछि नेपालले खेल्ने खेलहरु स्थगित भयो । जसको कारण नेपाल क्रिकेट संघ (क्यान) ले समेत नयाँ प्रशिक्षकको खोजीमा चाँसो देखाएन ।

तर, गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गर्यो । यतिबेला भने क्यान नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्तिको अन्तिम चरणमा रहेको छ । सम्भवत, नेपालले यसै महिना मुख्य प्रशिक्षक पाउने छन् ।

नेपालको मुख्य प्रशिक्षकका लागि ७२ प्रशिक्षकले आवेदन दिएको थियो । क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भएका थिए ।

अन्तर्वार्तापछि क्यानले सम्भावित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको छ । आईसीसीबाट 'ग्रिन सिग्नल' आउने वित्तिकै नेपालले नयाँ प्रशिक्षक पाउनेछ ।

नेपालको सम्भावित तीन प्रशिक्षकबारे तल चर्चा गरिएको छ ।

१. देब वाटमोर

देब वाटमोर विश्वको क्रिकेटमा प्रतिष्ठित नाम हो । यस नाम नेपालका लागि समेत नौलो हैन । सन् २०१७ मा ब्याट एण्ड बल फाउन्डेसनको सहकार्यमा वाटमोरले नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।

श्रीलंकाका वाटमोरले अष्ट्रेलियाबाट क्रिकेट खेले । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।

खेल जीवनमा खासै सफलता चुम्न नसकेका उनी प्रशिक्षण जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् ।

सन् १९९६ को समयमा क्रिकेटमा खासै सफलता हात नपारेको बेला श्रीलंकालाई विश्वकप जिताउन वाटमोरको ठुलो हात रह्यो । उनकै प्रशिक्षणमा रहेको श्रीलंकाको टिम विश्वविजेता बन्दा श्रीलंकाले क्रिकेटमा कोल्टे फेर्ने अवसर पायो ।

यस्तै तत्कालिन उदाउँदो राष्ट्र बंगलादेशलाई वाटमोर पहिलो टेष्ट क्रिकेट जिताउन सफल भए । सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनले जिम्बाबेविरुद्ध सन् २००५ मा बंगलादेशले पहिलो टेष्ट जितेको थियो । उनी प्रशिक्षक रहदा बंगलादेशले क्रिकेट जगतमा अप्रत्यासित नतिजा निकाल्दै आएको थियो ।

बंगलादेशले तत्कालिन क्रिकेटको शीर्ष टिम अष्ट्रेलियालाई पराजित गर्दै सनसनी नतिजा निकालेको थियो । यस्तै सन् २००७ मा अर्को पावर हाउस दक्षिण अफ्रिका र भारतलाई समेत बंगलादेशले पाखा लगाएको थियो ।

सन् २००७ मा वाटमोर भारतीय क्रिकेट र इंल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकको दाबेदारको रुपमा उभिएका थिए । सन् २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए । त्यस युवा विश्वविजेता टोलीका कप्तान विराट कोहली थिए र प्रशिक्षक वाटमोर ।

यस्तै सन् २०१० र ११ को आईपीएलमा कलकता नाइट राइडर्सको प्रशिक्षक रहे । त्यस बाहेक उनी सन् २०१२ मा पाकिस्तान, सन् २०१४ मा जिम्बाबे र सन् २०२० मा सिंगापुरको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।

प्रशिक्षकको भूमिकामा आफ्नो कुनै कसुर नराखी इतिहास रच्दै आएका वाटमोरले हाल नेपालको प्रशिक्षक बन्ने चाहना देखाएका छन् ।

क्यान स्रोतका अनुसार छलफलमा सबैको राय वाटमोरलाई प्रशिक्षकमा नियुक्ति गर्नु पर्ने सुझाब सबैले दिएका थिए । क्यान समेत यसमा लागि परेको छ । वाटमोर नेपालको मुख्य प्रशिक्षक बन्ने सम्भावना सर्वाधिक रहेको छ ।

२. अपूर्व देशाई

भारतीय प्रशिक्षक अपूर्व देशाई नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा आउन सक्ने अर्का बलियो उम्मेदवार हुन् ।

देशाई समेत नेपालका लागि नौलो नाम हैनन् । उनले नेपाली टोलीलाई बेला बेला प्रशिक्षण दिदै आएका छन् ।

सन् २०१५ को विश्वकप छनोट तथा विश्व क्रिकेट लिग अन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा देशाईले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका थिए । यस्तै सन् २०१७ को यू-१९ एसिया कपमा भारतलाई पराजित गर्दा देशाई नेपाली यू-१९ टिमको ब्याटिङ कन्सल्टेन्ट रहेका थिए ।

अन्तिम पटक देशाईले नेपाली राष्ट्रिय टोलीलाई एसिया कप छनोटमा ब्याटिङ कन्सल्टेन्टको रुपमा सहयोग गरेका थिए । देशाईले भारतीय टोली तथा आइपीएल टोली कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिइसकेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँगै राम्रो सम्बन्ध रहेको देशाईलाई नेपालको प्रशिक्षक बनाए शक्तिशाली राष्ट्र भारतबाट सहकार्यमा सहयोग हुने क्यानले आशा लिएको छ ।

३. निल म्याकरे

क्यानले आईसीसीलाई पठाएको प्रारम्भिक प्रशिक्षकको ३ नाम मध्ये अन्तिम नाम हो निल म्याकरे । इंग्ल्यान्डका म्याकरेले क्रिकेट भने स्कटल्यान्डबाट खेलेका थिए । स्कटल्याण्डका लागि उनले ६ फर्स्ट क्लास क्रिकेट, सन् २००६ मा दुई एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।

सन् २०१३ मा म्याकरेले जर्सीको क्रिकेट बोर्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तर, म्याकरे नेपाली क्रिकेटको प्रशिक्षकमा आउने सम्भावना केहि न्यून रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP