अष्ट्रेलियाका बलर स्टार्कले बाँकी खेल गुमाउने
आइतबार, मंसिर २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियाका बलर मिचेल स्टार्कले भारतविरुद्धको बाँकी टी-ट्वान्टी खेल गुमाउने भएका छन् ।
पारिवारिक कारण देखाएर घर फर्किएपछि स्टार्कले सिरिज अन्तर्गतका बाँकी खेल गुमाउने भएका हुन् ।
स्टार्क परिवारका सदस्य बिरामी भएपछि घर फर्किएको बताईएको छ ।
अष्ट्रेलियाले फास्ट बलरको स्थानमा अर्को खेलाडी भने ल्याएको छैन ।
अष्ट्रेलियाले घरेलु मैदानमा भारतसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको छ ।
सिरिजमा भारत १-० ले अगाडी रहेको छ ।
दुई टिमबीचको दोस्रो टी-ट्वान्टी आज हुँदैछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

