दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय स्थगित
शुक्रबार, १९ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय क्रिकेट स्थगित भएको छ ।
दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो एकदिवसीय स्थगित गरिएको हो ।
घरेलु टिम र इंग्ल्यान्डबीचको पहिलो खेल आज केप टाउनमा हुने तालिका रहेको थियो ।
तर, दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो ।
कोरोना संक्रमित खेलाडीको नाम भने गोप्य राखिएको छ ।
अब दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।
यस अघि इंग्ल्यान्डले टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।







-1774523438835.jpg&w=3840&q=75)



-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)
