भारतद्वारा अष्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य

एजेन्सी । भारतले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि १ सय ६२ रनको लक्ष्य दिएको छ ।
क्यानबेरामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे ।

त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए ।
कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए ।
अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १/१ विकेट लिए ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टिमसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
यस अघि भारतले एकदिवसीय सिरिज २-१ ले गुमाएको थियो ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

