वेस्ट इन्डिजलाई स्पिरिट अफ क्रिकेट अवार्ड
शुक्रबार, मंसिर १९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । वेस्ट इन्डिज क्रिकेटले 'सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड' प्राप्त गरेको छ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार वेस्ट इन्डिजको पुरुष र महिला टिमलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिने निर्णय गरेको हो।
कोरोना भाईरसको महामारीको दौरान वेस्ट इन्डिज टिमको पुरुष र महिला टिमले इंग्ल्यान्डको भ्रमण गरेको थियो ।
त्यहिँ भ्रमणबाट कोरोनाले रोकिएको क्रिकेट पुन: सुरु भएको थियो ।
यस्तै वेस्ट इन्डिज कोरोनाको महामारीबीच विदेश भ्रमण गर्ने पहिलो टिम बनेको थियो ।
वेस्ट इन्डिजको पुरुष टिमले जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै तीन टेस्ट सिरिज खेलेको थियो ।
यस्तै महिला टिमले सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमण गर्दै टी-ट्वान्टी सिरिज खेलेको थियो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

