विलियम्सनको दोहोरो शतक
शुक्रबार, १९ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले दोहोरो शतक बनाएका छन् ।
ह्यामिल्टनमा जारी टेस्टको दोस्रो दिन विलियम्सनले दोहोरो शतकीय इनिङ्स खेलेका हुन् ।
विलियम्सनले ३ सय ६९ बलमा २०१ रन बनाउँदै दोहोरो शतक पुरा गरेका हुन् ।
पहिलो दिन बिहीबार उनी ९७ रनमा अविजित रहेका थिए ।
टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो ।
कप्तानको दोहोरो शतकसँगै न्युजिल्याण्ड फराकिलो स्कोरतर्फ अघि बढेको छ ।
शुक्रबार टी सम्म न्युजिल्याण्डले ६ विकेट गुमाएर ४ सय ७७ रन बनाएको छ ।
विलियम्सन २ सय ३६ रनमा अविजित रहेका छन् ।







-1774523438835.jpg&w=3840&q=75)



-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)
