सन्दीप कोरोना मुक्त
बुधबार, मंसिर १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफु कोरोना भाईरसको संक्रमणबाट मुक्त भएको बताएका छन् ।
सन्दीप १० दिनको सेल्फ आईसोलेनपछि कोरोना मुक्त भएका हुन् ।
सन्दीपले बुधबार आफुलाई कोरोनाको संक्रमण देखिएको बताएका थिए ।
यस्तै सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका थिए ।
बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएको हुन्।
सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन् । यसपटक सन्दीप होबार्ट हुरिकेन्सबाट बिग बास खेल्ने छन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

