न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम खेल रद्द
सोमबार, १५ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल रद्द भएको छ ।
माउन्ट माउनगानुईमा सोमबार वर्षाको कारण न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल नतिजा विहीन सकिएको हो ।
बे ओभलमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।
भारी वर्षा हुनु अघि वेस्ट इन्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो ।
अन्तिम खेल रद्द भएसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले २-० ले जितेको छ ।
घरेलु टोलीले सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो ।
न्युजिल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा न्युजिल्याण्डले ७२ रनको जित निकालेको थियो ।







-1774523438835.jpg&w=3840&q=75)



-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)
