एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई जितका लागि १ सय ६२ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

यस्तै मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । पृथ्वी श सुन्य रनमा आउट हुँदा अजिंका रहानेले २ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

आज दिल्ली छैटौं जितको खोजीमा रहेको छ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।
दिल्ली राजस्थानलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
राजस्थान भने चौंथो जितको खोजीमा हुनेछ । राजस्थान ७ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ ।
