काठमाडौं। सजिना स्याङ्तानको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) एन्फा महिला लिग छनोटमा शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न समूह ‘बी’ को दोस्रो खेलमा न्युरोडले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरलाई ७–२ ले पराजित गरेको हो।
जितसँगै न्युरोडले २ खेलबाट ६ अंक जोडेको छ। लम्कीको भने यो लगातार दोस्रो हार हो। न्युरोडको जितमा सजिनाबाहेक टासी ल्हामु शेर्पा र प्रतीक्षा ठकुरीले समान २ गोल गरिन्।
लम्कीका तुल्छा बोहोरा र जानकी साउदले गोल गरे पनि जितका लागि पर्याप्त बनेन।