• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)मा आबद्ध २३ खेल संघले ओलम्पिक भवनमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर शक्ति प्रर्दशन गरेका छन् । 

सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचनलाई अवैधानिक भन्दै खारेज गरेपछि ओलम्पिकमा आबद्ध २३ खेल संघका पदाधिकारी एक ठाउँमा उभिएर शक्ति प्रर्दशन गरेका हुन् ।

ललितपुरको सातदोबोटोस्थित ओलम्पिक भवनको सभा हल मंगलबार खेल संघका पदाधिकारीको उपस्तिथीले भरिभराउ थियो । नेपाल ओलम्पिक कमिटीका मानार्थ तथा पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानले नेतृत्व गरेको तदर्थ कमिटीमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री रहेका एथलेटिक्स संघका अध्यक्ष राजीवबिक्रम शाह सहित विभिन्न खेल संघका पदाधिकारीहरुको बाक्लो उपस्तिथी देखिन्थ्यो । 

सबैलाई आश्चार्यमा पार्दै तदर्थ कमिटीको नेतृत्व गर्न आईपुगेका धुव्रबहादुर प्रधानप्रति धेरै सञ्चारकर्मीहरुको जिज्ञाशा देखिन्थ्यो । अधिकांशले प्रधानको उपस्थिती र अन्तराष्ट्रिय मान्यताको सन्दर्भमा पूर्व अध्यक्ष प्रधानसँग प्रश्न राखेका थिए । कुनै समय सरकारसँग लडेर ओलम्पिक अभियानलाई नेपालमा स्थापित गरेका प्रधान पुन किन विवादीत ओलम्पिकको नेतृत्व गर्न आईपुगे भनेर धेरैले चासोका साथ हेरेका थिए ।

सर्वप्रथम प्रधानले कुनै एक ब्यक्तिको स्वार्थ र नियतले नेपाल ओलम्पिक कमिटीमा विवाद खडा गरेको उल्लेख गर्दैै अन्तराष्ट्रिय अभ्यासका आधारमा नेपालको ओलम्पिक अभियानलाई पुन ट्रयाकमा ल्याउन आफु नेतृत्वका लागि तयार भएको प्रष्टिकरण दिए । साथै उनले नेतृत्व लिन सबै खेल संघका पदाधिकारीले गरेको दबाबमुलक अनुरोधलाई समेत नकार्न नसकिएको उल्लेख गरे ।

दोस्रो बिषय तदर्थ कमिटीले आफुहरु कुनै नयाँ ओलम्पिक कमिटी नभएको जिकिर गर्दै आईओसीबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीनै आफुहरु रहेको दाबी गरेको छ । ओलम्पिक कुनै एक ब्यक्ति वा गुटको लहडबाजमा चल्न नहुने उल्लेख गर्दै तदर्थ कमिटीले जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीविरुद्ध कानुनी रुपमै प्रतिवाद गर्ने जनाएको छ । त्यसैमा प्रधानले आफु पार नलाग्ने काममा दौडने स्वभाव नरहेको दाबी गर्दै तदर्थ कमिटीको अभियानलाई निष्कर्शमै पुर्याएर छाड्ने उल्लेख गरेका छन् । 

मंगलबार तदर्थ कमिटीले ९ सदस्यीय तदर्थ कार्यसमिति र चार उप समिति सार्वजनीक गरेको छ । कार्यसमितिले अन्तराष्ट्रिय निकायसँग समन्वय गर्दै विधि विधान अनुसार निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले निर्वाचनमार्फत नेपाल ओलम्पिकको नयाँ नेतृत्व चयन गरिने जानकारी दिएको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP