मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

बोर्ड सदस्य नियुक्ति – कसको जित, कसको हार !

शनिबार, २४ आश्विन २०७७हिम बिक्रम केसी
बोर्ड सदस्य नियुक्ति – कसको जित, कसको हार !
Classic Tech Internet Ad

काठमाडौं । राखेपमा दोस्रो पटक सदस्य सचिवको रुपमा छिर्दै गर्दा रमेश सिलवालले सुरुमै दुई ठक्कर खान पुगे ।

पहिलो, १३ औं सागको ब्याडमिन्टन खेलको सामान खरिदमा भएको भ्रष्टाचारको विषय सार्वजनिक हुन पुग्यो ।

अर्को, निकै जोडबलका साथ परिषद्ले अघि बढाएको मुलपानी क्रिकेट मैदानको प्यारापिटको निर्माणको टेण्डर प्रक्रिया विवादमा पर्यो ।

दुबै अनियमितताको विषयलाई बोर्ड सदस्यको रुपमा राखेप आएका सुवास श्रेष्ठले सार्वजनिक रुपमा उठाएका थिए ।

नयाँ ऐन अनुसार शक्तिशाली बनेको मन्त्रालयले सागको सामान खरिदको विषयमा छानविन गर्न राखेपलाई निर्देशन दिने निर्णय गर्यो ।

अर्को, मुलपानीको टेन्डर प्रक्रियामा मिलेमतो देखिएको निष्कर्ष सहित खेलकुद मन्त्रालयले सम्झौता प्रक्रिया तत्काल रोक्ने निर्णय गर्यो ।

उल्लेखित दुई घटनाले सदस्य सचिव सिलवालकाे दोस्रो कार्यकालको हनिमुन समय तनावपूर्ण रुपमा बिताईदियो ।

दुवै घटनाको अग्रणी मोर्चामा देखिएका थिए, बोर्ड सदस्य श्रेष्ठ । खेलकुद मन्त्री सहित नेकपा नेताको संरक्षणमा श्रेष्ठ चलिरहेको सिलवालको बुझाई थियो ।

सिलवाल राखेप चलाउन नसकिने अवस्थामा पुगिसकेका थिए । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर खेलकुद मन्त्री सहितका बोर्ड सदस्यले आफुलाई एक्लो पारेर पेलेको गुनासो गरेका थिए । यस अवस्थामा खेलकुद चलाउन नसकिने सिलवालको निष्कर्ष थियो ।

पहिलो चरणको बोर्ड सदस्य नियुक्तिमा खेलकुद मन्त्रीले एकलौटी रुपमा ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । अब मन्त्रीपरिषद्ले नियुक्त गर्ने ९ जनामा आफु अनुकुलका व्यक्ति राख्नुपर्ने सिलवालको अडान थियो । उनले पुरेन्द्र बिक्रम लाखे सहितको सूचि बालुवाटारमा बुझाएका थिए ।

पुरेन्द्रलाई बोर्ड सदस्यमा तानेर आफुमाथि दबाब बढाईरहेका सुबास श्रेष्ठलाई ‘काउन्टर’ दिन सकिने सिलवालको रणनीति थियो ।

खेलकुदमा ‘मनि अनि मसल्स’को प्रभाव बुझेका सिलवालका लागि लाखे जत्तिको उपयुक्त पात्र अरु हुने कुरै भएन । परिषद् चलाउने कार्यकारी समितिमा पनि आफु अनुकुलका सदस्य तयार गर्नुपर्ने दबाब सिलवालमाथि थियो ।

अब अर्को पाटो ।

रमेश सिलवाल, नेकपाको खेलकुद राजनीतिका अप्रिय पात्र हुन् ।

पाटी राजनीतिमा खासै नदेखिने सिलवाल प्रधानमन्त्री केपी ओलीसंग निकट छन् । दोस्रो पटक सदस्य सचिवमा सिलवाललाई ल्याउन नहुने अधिकांश नेकपाका नेताको जोड थियो । तर सिलवाललाई प्रधानमन्त्री ओलीले सदस्य सचिव बनाएरै छाडे ।

मुख्य शक्ति बाहेक कसैलाई नटेर्ने, रुखो बोल्ने र दम्भपूर्ण व्यहोराका कारण उनलाई नेकपाका खेलकुदका नेताहरु कसैले मन पराउँदैनन् ।

सदस्य सचिव नपाउने अवस्थामा नेकपाका नेताहरुले खेलकुद महासंघका सह–संयोजक शिव कोईरालालाई उपाध्यक्षमा सिफारिस गरेका थिए । त्यसैले एकै पटक राखेप उपाध्यक्ष र सदस्य सचिवको नियुक्ति प्रक्रिया अघि बढेको थियो ।

सदस्य सचिव नभएपनि राखेपमा आफु अनुकुलको नेता व्यवस्थापन गर्ने खेलकुद महासंघका नेताहरुको रणनीति थियो । सोही अनुसार नेताहरुले औपचारिक बैठक राखेर मन्त्रीपरिषदबाट नियुक्त गरिने पात्रहरुको प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।

तर पछिल्लो सोमबार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्रीले ‘क्लस्टर’ मिलाउने अख्तियारी सहित बोर्ड सदस्यको सूचि खेलकुदमन्त्रीलाई थमाए ।

महासंघको सिफारिसलाई लत्याउँदै प्रधानमन्त्रीले सदस्य सचिव सिलवालले सिफारिस गरेका अधिकांश नामहरु मन्त्रीपरिषदबाट पास गराए ।

सिलवालले प्रस्ताव गरेका मुख्य नाम तीनै थिए, जो मदनभण्डारी स्पोर्ट्स एकेडेमीमा बसेर प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए । मन्त्रीपरिषदबाट मनोनित अधिकांश पात्रहरु सिलवाल अनुकुलका छन् ।

पोस्टर ब्वाई हरी

मनोनित ११ जनामा हरी खड्का सर्वाधिक चर्चित पात्र हुन् । उनी नयाँ बन्ने बोर्डका ‘पोस्टर ब्वाई’ भन्दा हुन्छ ।

हरी खड्काको नेपाली फुटबल इतिहासमा बेग्लै छाप र इतिहास छ । समकालिन फुटबलमा उत्तिकै सक्रिय हरी पछिल्लो समय एन्फामा महिला विभाग प्रमुखको रुपमा कार्यरत छन् ।

फुटबल राजनीति (एन्फा)मा समेत राम्रो भविष्य रहेका हरी भने आफुलाई प्राविधिक रुपमा विकास गर्दै छन् । गृह जिल्ला झापाका हरीलाई स्वयम प्रधानमन्त्री ओलीले सिफारिस गरेका हुन् ।

जन्म दिनमा केक लिएर बालुवाटार पुग्नेदेखि चुनावी प्रचारमा समेत सहभागी बनेर उनले राजनीतिक चरित्र कुशलतापूर्वक निभाएका पनि थिए ।

सबैका साझा

मानदेव हजारा बोर्ड सदस्यमा सबैका साझा उम्मेदवार थिए । मध्याञ्चल खेलकुद विकास समितिको अध्यक्षको रुपमा काम गरेका मानदेवलाई खेलकुद महासंघले समेत सिफारिस गरेको थियो ।

पाटी राजनीतिमा मानदेव माधवकुमार नेपाल समूहको रुपमा चिनिन्थे । तर पछिल्लो समय उनी सत्यनारायण मण्डलसंग नजिक छन् । मण्डल, प्रधामन्त्री ओली गुटका मधेशका मुख्य नेता हुन् । त्यसैले पनि उनलाई बोर्ड सदस्य बन्न सहज भएको नेकपा नेताहरु बताउँछन् ।

पाटीभित्रको दलित संगठनमा समेत रहेका हजारालाई खेलकुद मन्त्रीको समेत सद्भाव रह्यो ।

सिलवालका रक्षक

जहाँ सिलवाल, त्यहाँ पुरेन्द्र ।

सिलवाललाई आईपर्ने हरेक समस्याका ओखती हुन्, पुरेन्द्र । अब यो ओखती खेलकुदमा काम लाग्नेछ ।

सिलवाल अहिले राखेपभित्र समस्यामा छन् । खेलकुदमा ‘मनि र मसल्स’ खुबै चल्छ । पैसाले पुगेका सिलवाललाई अहिले ‘मसल्स’ चाहिएको छ । कराँतेका पुरेन्द्रले अब चाहिएको अवस्थामा सिलवाललाई ‘मसल्स’को सप्लाई गर्नेछन् ।

पुरेन्द्रको राखेपको आगमन उनको इच्छा भन्दा सिलवालको आवश्यकताले भएको हो । पुरेन्द्र नभए खेलकुद चलाउन सक्दिन भन्ने सदस्य सचिवको याचनाले पनि यसलाई थप बल प्रदान गर्छ ।

पुरेन्द्रको आगमनले राखेपमा 'मसल्स' भरिएका बोर्ड सदस्यको ‘टोन डाउन’ होला ? थोरै प्रतिक्षा गरौ ।

कराँतेका अन्तराष्ट्रिय खेलाडी लाखे महासंघको केन्द्रिय नेतृत्वमा लामो समयदेखि विराजमान छन् ।

सिलवालका अर्का विश्वास पात्र

राजेश गुरुङ सदस्य सचिव सिलवालले चाहेका अर्का पात्र हुन् । हुन त प्रधानमन्त्री ओलीसंग सिधै पहुँच राख्ने गुरुङलाई ल्याउन सिलवालले जोड गरेका हुन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशका संयोजक पनि हुन्, गुरुङ ।

राजेशको आगमनसंगै राखेपको कार्यकारी समिति आफु अनुकुल बनाउन सकिने सिलवालको विश्वास छ । खेलकुद मात्र नभएर युवा संघका पूर्व नेता समेत रहेका गुरुङलाई आफ्नो विकल्पको रुपमा सिलवालले राख्न सक्नेछन् ।

१३ औं सागको दौरान समेत आफु देशभित्र नभएको अवस्थामा सिलवालले गुरुङलाई निमिक्त कार्यकारी छाड्ने गरेका थिए ।

मोहमद सागिर शेख

नेकपाका मुस्लिम नेता छन्, समिम अन्सारी । उनी अहिले नेपाल मुस्लिम आयोगका अध्यक्ष छन् । कुनै समय उनी नेपाल कुस्ती संघका थिए, खेलकुद राजनीति गर्थे । विवादका बीच केपी ओलीको जोडबलमा उनी संवैधानिक आयोगको अध्यक्ष बने ।

अनि संघका आए समिमकै दाजु राज महम्मद मिया अन्सारी । तर नागरिकतामा उनी मोहमद सागिर शेख हुन् । मन्त्रीपरिषद् बैठकको तीन दिन अघि मात्र समिम बालुवाटार छिरेको नेकपाका एक नेता बताउँछन् । नतिजा शुक्रबार सार्वजनीक गरिएको बोर्ड सदस्यको सूचिमा देखिएको छ ।

सरप्राइज नियुक्ति

नन्दा बस्याललाई बोर्ड सदस्य ‘सरप्राइज नियुक्ति’ हो । धेरैले पत्याएका पनि थिएनन् । उनी भएरै देखाईन् । आफै धेरै विश्वस्त नरहेको उनी निकटस्थलाई सुनाउने गर्थिन ।

राजनीतिमा कहिलेकाँही चिठ्ठा पर्छ, जस्तो नन्दालाई परेको छ । धेरै हेभिवेट नेताहरु खुस्किदा समेत उनी बोर्ड सदस्यमा मनोनित हुन सफल भईन् । तेक्वान्दोकी राष्ट्रिय खेलाडी नन्दा संघको महिला कमिसनको समेत नेतृत्व गरिरहेकी छिन् ।

नेकपाको जन सांस्कृति महासंघ समेत जोडिएकी नन्दा मन्त्रीको रोजाईकी पनि पात्र हुन् ।

ग्यारेन्टेड एकेन्द्र

राखेपको बोर्ड सदस्यमा एक नाम भने पक्का थियो भने त्यो एकेन्द्र कुँवरको हो । कुँवरको नाममा सबै नेता, कार्यकर्ता ढुक्क थिए । तर स्वयम एकेन्द्र भने ढुक्क थिएनन् ।
एकेन्द्रको कुरा गर्दा कर्ण थापाको नाम छुटाउँदा अपुरो हुन्छ ।

सुदुपश्चिम प्रदेशमा केपी ओलीको लिगेसी कर्ण थापाले बोक्छन् । भिम रावललाई काउन्टर दिन ओली गुटले संरक्षण गरेका नेता हुन्, थापा । अनि सुदुरपश्चिमबाट थापाले खेलकुदमा अघि बढाउन खोजेका नेता हुन्, एकेन्द्र ।

खेलकुद महासंघले समेत सिफारिस गरेका एकेन्द्र, थापाकै जोड बलमा बोर्ड सदस्य बने । खेलकुदमा कर्ण थापाकै कुरा प्रधानमन्त्री ओलीले धेरै मानेको अवस्था छैन । तर थापाको छत्रछायाँमा रहेको एकेन्द्र बोर्ड सदस्यमा दोहरिने धेरैले ठोकुवा गरेका थिए ।

एकेन्द्रको खेलकुद पृष्ठभूमी छैन । तर खेलकुदको प्रवर्दन र सहयोग गर्न आफै अगाडी सर्ने गर्छन् । विद्यार्थी राजनीति एमाले भएपनि उनी चल्तीका मेनपावर ब्यवसायी हुन् ।

लो प्रोफाइलकी खेलकर्मी

प्राय जसो भलिबल प्रतियोगितामा कुर्सीमाथि टेकेर सिटी फुकिरहेको देखिन्छिन्, चन्द्रबदना राई ।

नेपालको पहिलो महिला अन्तराष्ट्रिय रेफ्रीको रुपमा ख्याती कमाएकी राईको भलिबलमा राम्रो नाम छ । उनी कराँतेकी पनि खेलाडी हुन् तर भलिबलमै करियर खोजिन् ।

पूर्व घर भएकाले उनलाई धेरैले प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईको नजिक मान्छन् । तर सिलवालकै सद्भावमा उनी बोर्ड सदस्य बनेकी हुन् ।

समावेशी चरित्रको खोजी

नयाँ संविधानले राज्यको सबै निकायमा समावेशीतालाई मुख्य आधार बनाएको छ । आन्दोलनबाट स्थापित समावेशीताको नारालाई नयाँ खेलकुद ऐनमा पनि छ । राष्ट्रिय खेलकुद विकास ऐनको दफा ३ को (ट) अनुसार मन्त्रीपरिषदबाट मनोनित हुने कस्टरमा थारु समुदायबाट समावेश गर्नुपर्ने उल्लेख छ ।

सबै प्रदेशमा मिलाउँदै जादा प्रदेश नम्बर ५ बाट थारु समुदायको बोर्ड सदस्यको खोजी सुरु भयो । कम्तीमा तीन महिला समावेश गर्नुपर्ने भएकाले प्रदेश ५ बाटै थारु कोटामा महिला पनि थप्नु पर्ने बाध्यता आईलाग्यो ।

त्यसका लागि दाङ, बाँके र बर्दियामा पात्रहरुको खोजी भयो । सबैको ध्यान बर्दिया बढैयातालकी सुमित्रा चौधरीमा पर्यो । एथ्लेटिक्स खेलको पृष्ठभूमी र प्रदेश मुख्यमन्त्रीको प्रस्तावमा सुमित्रालाई थारु समुदायको 'कलस्टर'बाट बोर्ड सदस्यमा मनोनित गरिएको हो ।

यसरी निकै पेचिलो बनेको ९ जना बोर्ड सदस्यको टुङ्गो लाग्यो ।

अन्तिममा खेलकुद मन्त्रीले मनोनित गर्न दुई महिला सदस्य बाँकी थिए ।

सदस्य सचिव र उपाध्यक्षलाई मन्त्रीपरिषद्ले मनोनित गर्ने बित्तिकै खेलकुद मन्त्रीले आफु अनुकुलका ६ जनालाई बोर्ड सदस्य नियुक्त गरेका थिए । पाटी र प्रधानमन्त्रीसंग सल्लाह नगरि ६ जना नियुक्त गर्दा खेलकुद मन्त्रीलाई दबाब पनि आयो ।

हुन त खेलकुद मन्त्री विश्वकर्मा ओली गुटबाट मन्त्री बनेका हुन् । तर पार्टीभित्रको अन्तर संघर्षमा उनी ईश्वर पोखरेल समूहका हुन् ।

मन्त्रीपरिषदबाट नियुक्त गरिने कोटामा उनले आफ्नै गुटका नेतालाई खुसी बनाउन सकेनन् । बरु दबाब थेग्न नसकेर निकै लामो समय बोर्ड सदस्यको प्रस्ताव मन्त्रीपरिषदमा नलगेरै बसे । तर मन्त्रीपरिषदबाट ९ जना मनोनित भएपछि दुई महिला सदस्य मनोनित गर्ने अधिकार खेलकुद मन्त्रीसंग थियो ।

शुक्रबार मन्त्री परिषद्का ९ जनासंगै थप दुई महिलाको नाम पनि बोर्ड सदस्यको रुपमा मनोनित भएर आए । ती थिए, रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठ ।

खेलकुद संघबाट आउने कोटामा उनले दुई जनालाई बोर्ड सदस्य बनाए । दुवै जना इश्वर पोखरेलको सिफारिस परेका हुन् ।

युवा संघकी कार्यकता रेनुका बडिबिल्डिङ संघमा छिन् । उनी राष्ट्रिय रेफ्री पनि हुन् ।

अर्की सुवर्णा खेलाडी भन्दापनि खेल व्यवस्थापकको रुपमा परिचित छिन् । वैदेशिक रोजगार व्यवसायी संघको सह–महासचिवसम्म बनेकी उनी पछिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित बनेकी थिईन् । त्यसपछि उनी खेलकुदमा देखिएकी छिन् । उनी राखेपमा दर्ता भएको नेपाल रिङ रेस्लिङ्ग संघकी महासचिव हुन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त