साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने
मंगलबार, कार्तिक १२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्ट्राइकर सावित्रा भण्डारी साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने भएकी छन्।
नेपालले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ। तर, फिफा विन्डोमा दुई खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ। नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने भारतलाई २–१ ले पाखा लगाएको थियो। उक्त जितमा साम्बाले नै दुवै गोल गरेकी हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ। त्यसैले साम्बा अस्ट्रेलिया फर्किएकी छन्। उनले सामाजिक सञ्जालमार्फत अन्तिम खेलका लागि टोलीलाई शुभकामनासमेत दिइसकेकी छन्।












-1761641224925.jpeg&w=3840&q=75)