राष्ट्रिय टोलीमा मीनाको डेब्यू
सोमबार, कार्तिक ११, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्ट्राइकर मीना देउवाले राष्ट्रिय टोलीमा डेब्यू गरेकी छन्।
भारतमा सम्पन्न थ्री नेसन्स कपको अन्तिम खेलअन्तर्गत घरेलु टोलीविरुद्धको खेलमा उनले डेब्यु गरेकी हुन्।
शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न उक्त खेलमा सावित्रा भण्डारी ‘साम्बा’को दुई गोलसँगै नेपालले २–१ को जित निकालेको थियो।
साफ यु-२० च्याम्पियनसिपमा ७ गोल गरेकी मीना पछिल्लो समय विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्द छिन्। उमेर समूहमा आफूलाई प्रमाणित गरिसकेको भए पनि उनलाई मुख्य प्रशिक्षक नवीन न्यौपानेले निर्धारित समयको खेल सकिन् १४ मिनेट बाँकी हुँदा मात्रै मैदान छिराएका थिए।
उनले सेन्टरब्याक विमला विकलाई प्रतिस्थापन गरेकी हुन्।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

