एजेन्सी । इटालियन क्लब इन्टर मिलानले डिफेन्डर माटियो डार्मियनलाई लोनमा अनुबन्धित गरेको छ ।
इन्टरले सिरी ए क्लब पर्माबाट डार्मियनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
पर्माले इन्टरलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्नका लागि विकल्प समेत दिएको छ ।
इटालीका फुल ब्याक डार्मियन एक सिजन पर्मामा बिताएर लोनमा इन्टर आएका हुन् ।
डार्मियन सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पर्मा आएका थिए ।
३० वर्षीय डार्मियनले पर्माको लागि ३६ खेलमा १ गोल गरेका छन् ।
इटालीका लागि डार्मियनले ३६ खेल खेलेका छन् ।