बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

बिहिबार, ०८ माघ २०८२खेलपाटी संवाददाता
सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो
mustang rice ad

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिली मिडफिल्डर क्यासेमिरो सिजनको अन्त्यमा क्लब छाड्ने पुष्टि गरेको छ। क्लबका अनुसार उनको चार वर्षे सम्झौता यो सिजनपछि समाप्त हुँदैछ।

ओल्ड ट्राफोर्डमा बिताएको कार्यकालमा क्यासेमिरोले एफए कप र इङ्ग्लिस लिग कप जित्न सफल भए। आफ्नो बिदाइबारे प्रतिक्रिया दिँदै उनले युनाइटेडप्रति गहिरो भावनात्मक सम्बन्ध रहेको बताए।

‘म म्यानचेस्टर युनाइटेडलाई जीवनभर सम्झिरहनेछु। यो सुन्दर रंगशालामा पहिलोपटक प्रवेश गर्दा नै मैले ओल्ड ट्राफोर्डको जोश र समर्थकहरूको माया महसुस गरेको थिएँ,’ क्यासेमिरोले भने।

३३ वर्षीय मिडफिल्डर सन् २०२२ मा ६ करोड डलरमा रियल मड्रिडबाट युनाइटेडमा आएका थिए। रियलमा रहँदा उनले तीन ला लिगा उपाधि र पाँच च्याम्पियन्स लिग जितेका थिए। यद्यपि, प्रिमियर लिगमा उनले रियलमा जस्तो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउन सकेनन्।

तर, सन् २०२३ मा न्युक्यासलविरुद्धको लिग कप फाइनलमा गोल गर्दै युनाइटेडको उपाधि जितमा महत्त्वपूर्ण भूमिका खेले। अहिलेसम्म उनले युनाइटेडका लागि १४६ खेल खेल्दै २१ गोल गरेका छन्।

सिजनपछि फ्री एजेन्ट बन्ने क्यासेमिरोले भविष्यका योजनाबारे भने खुलाएका छैनन्। युनाइटेड हाल संक्रमणकालमा छ। हालै मुख्य प्रशिक्षक रुबेन आमोरिमको बिदाइपछि टोली पुनःसंरचनाको चरणमा छ।

क्यासेमिरोको कार्यकालमा आमोरिम दोस्रो प्रशिक्षक थिए, जो पदबाट हटाइएका हुन्। पूर्वखेलाडी माइकल क्यारिकलाई सिजनको अन्त्यसम्मका लागि अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

युनाइटेड हाल लिग तालिकाको पाँचौं स्थानमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिग छनोट लक्ष्य बनाइरहेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

Bajaj Pulsar Motorcycle Ad
सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार