पहिलो जितमा भगवतीको ५ गोल

काठमाडौं। श्री भगवती क्लब टोखाले राष्ट्रिय लिगमा खेलमा सानदार जित निकालेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा भगवतीले नव जनजागृति युवा क्लबलाई ५–१ को फराकिलो गोलअन्तरले हराएको हो। लिगमा भगवतीको यो पहिलो जित हो। जनजागृतिको भने तेस्रो हार हो।
३ खेल खेलेको भगवतीको ४ अंक छ। समान खेल खेलेको नव जनजागृति भने अंकविहीन छ।
खेलको सुरुआतदेखि नै जनजागृतिलाई दबाबमा राखेको भगवतीले दोस्रो मिनेटमा मार्टिन कायोदे अजयीको गोलमार्फत खाता खोल्यो। पेनाल्टी बक्सबाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत हुँदा जनजागृतिका गोलकिपर निरीह बने।
२२औं मिनेटमा जनजागृति क्लबका अमित बाछरले पेनाल्टी बक्स छेउबाट गरेको बललाई श्री भगवतीका गोलकिपर विश्वास चौधरीले उत्कृष्ट बचाउ गरे। ३८ औं मिनेटमा शिशिर लेखीले पेनाल्टीमार्फत उत्कृष्ट गोल गर्दै भगवतीको अग्रता दोब्बर बनाए।
४२औं मिनेटमा फरवार्ड सुवास बमले आकर्षक गोल गर्दै भगवतीको अग्रता ३–० मा पुर्याए। त्यस्तै ५२औं भगवतीका मिनेटमा सीमान्त थापाले सानदार गोल गर्दै सहज जिततर्फ डोहर्याए। ५७ औं मिनेटमा भगवतीका सुबास बमले दिएको पासमा मार्टिनले गरेको प्रहारले लक्ष्य लिन सकेन।
त्यसको एक मिनेटमा भगवतीका शिशिरले व्यक्तिगत दोस्रो गोल गरे। ७७ औँ मिनेटमा विक्रम थोकरले जनजागृतिका लागि उत्कृष्ट गोल गरे पनि जितका लागि प्राप्त रहेन।






-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)


