चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

काठमाडौँ। राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेलिरहेका चित्लाङ एफसी र नव जनजागृती क्लबसँग स्पार्क हेल्थ होमले सहकार्य गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारी, चित्लाङ एफसीका अध्यक्ष सुगन तन्दुकार र नव जनजागृती क्लबका अध्यक्ष रामचन्द्र लामाले सहकार्य सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका कुनै पनि खेलाडी घाइते भएमा निःशुल्क उपचार गर्नेछ ।
साथै, प्रतियोगिताका खेलहरू दौरान क्लबका लागि फिजियोथेरापिस्टको सेवा समेत उपलब्ध गराउनेछ । यो सम्झौता राष्ट्रिय लिग अवधिभर कायम रहने स्पार्क हेल्थका रुपेश अधिकारीले बताए ।
अधिकारीका अनुसार आवश्यक परेमा आगामी प्रतियोगिताहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको छ । चित्लाङ र जनजागृती क्लब मोफसलको प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा समावेश छन् ।








-1768984080973.webp&w=3840&q=75)

-1769086635000.jpeg&w=3840&q=75)


-1769063102923.jpeg&w=3840&q=75)
-1769057641365.jpeg&w=3840&q=75)