आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित
शुक्रबार, ०९ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। न्यु डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप भलिबलको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा न्यु डायमन्डले ३–० को जित हात पारेको हो। योसँगै टोलीले ३ अंक जोडेको छ। नवौं एनभीए च्याम्पियनसिप र शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल च्याम्पियनसिप जितेर पोखरा पुगेको न्यु डायमन्डले खेलको सुरुदेखि नै दबाब कायम राखेको थियो।
टोलीले २५–१३, २५–१६ र २५–८ को सहज जित निकाल्यो।
खेलभरि उत्कृष्ट प्रदर्शन गरेकी सलिना बुढामगर ‘टाइगर अफ दी म्याच’ घोषित भइन्।






-1769151399924.jpeg&w=3840&q=75)




-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)

