पेड्री एक महिना मैदानबाहिर
-1769134497104.webp&w=3840&q=75)
काठमाडौं। बार्सिलोनाका मिडफिल्डर पेड्री ह्यामस्ट्रिङ चोटका कारण करिब एक महिनासम्म मैदानबाहिर रहने भएका छन्।
बुधबार च्याम्पियन्स लिगअन्तर्गत स्लाभिया प्रागविरुद्धको ४–२ को जितमा पेद्रीले आफ्नो दायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट बोकेका थिए। क्लबले बिहीबार आधिकारिक रूपमा उनको चोटको पुष्टि गरेको हो।
खेलको ६१औं मिनेटमा घरेलु टोलीको काउन्टर आक्रमण रोक्ने क्रममा मिडफिल्डनजिकै उनी लडेका थिए। त्यसपछि उनलाई डानी ओल्मोले प्रतिस्थापन गरेका थिए।
चोट लाग्नुअघि पेद्रीले पहिलो हाफमा फर्मिन लोपेजको एक गोलमा असिस्ट गरेका थिए। २३ वर्षीय स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी पेड्रीले यस सिजन बार्सिलोनाका लागि २४ खेल सुरु गरेका छन् र चार गोल गरेका छन्।
बार्सिलोनाको अर्को खेल आइतबार ला लिगाअन्तर्गत ओभिएदोविरुद्ध रहेको छ। पुनःस्थापनाको समयअनुसार पेड्रीले अधिकतम सात खेलसम्म गुमाउन सक्ने अनुमान गरिएको छ।






-1769135013864.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)



-1769086635000.jpeg&w=3840&q=75)

