आर्मीले सहजै जित्यो
शुक्रबार, ०९ माघ २०८२खेलपाटी संवाददाता
-1769151399924.jpeg&w=3840&q=75)
हिमालयन मनोज, पोखरा। विभागीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ सोझो सेटमा जित हात पारेको छ।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० ले पाखा लगाएको हो। योसँगै टोलीले ३ अंक जोडेको छ।
टोलीले २५–१५, २५–२२ र २५–१० को सहज जित निकाल्यो।
खेलभरि उत्कृष्ट प्रदर्शन गरेका सुशिल बोहरा ‘टाइगर अफ दी म्याच’ घोषित भए।
















