• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिग खेल्न एन्फा लाईसेन्स अनिवार्य !
नमीन ढकाल
सोमबार, भदौ २२, २०७७ नमीन ढकाल
लिग खेल्न एन्फा लाईसेन्स अनिवार्य !

काठमाडौं । दुई वर्ष अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले योग्य रहेको भन्दै 'ए' डिभिजन क्लबलाई एसियाली फुटबल महासंघ (एएफसी) बाट एएफसी क्लब लाईसेन्स दिलाएको थियो ।

क्लब लाईसेन्स पाएपछि लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले एएफसीको प्रतियोगिता एएफसी कप खेलेको थियो ।

तर, त्यसबेला एन्फाले गलत तरिकाले आफ्ना क्लबहरुलाई क्लब लाईसेन्स दिलाएको थियो । गलत तरिकाले लाईसेन्स दिलाएको थाहा पाएपछि एएफसीले सबै लाईसेन्स खारेज गर्दै एन्फालाई १० हजार डलर जरीवाना गरेको थियो । यस्तै एएफसीले पुन: गलत तरिका अपनाए संघलाई नै निलम्बन गर्ने चेतावनी समेत थियो ।

गत वर्ष भने एन्फाले क्लबले लाईसेन्सका लागि दिएको निवेदन नै अस्वीकृत गरेको थियो । १४ 'ए' डिभिजन क्लबले लाईसेन्सका लागि निवेदन दिएको थियो । तर, एन्फाले मापदण्ड नपुगेको भन्दै निवेदन अस्वीकृत गरेको थियो ।

जसको कारण गत सिजनको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले यस वर्षको एएफसी कप खेल्न पाउने छैन।

मछिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतले यतिबेला एएफसी लिगको लागि तयारी गर्नुपर्ने थियो । तर, मछिन्द्रसँग क्लब लाईसेन्सका लागि न्युनतम मापदण्डनै पुरा नभएका कारण उसले यस पटक ठुलो मूल्य चुकाउनु पर्याे ।

प्रतियोगितामा सहभागी हुन मात्रै हैन । प्रतियोगिताको दौरान एएफसीबाट प्राप्त हुने ठुलो आर्थिक सहयोग समेत मछिन्द्रले गुमाउनु पर्यो । मछिन्द्रले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्ने अवसर पनि गुमायो ।

एएफसीको कारबाहीपछि एन्फा सतर्क भएको छ । एन्फाले एएफसी क्लब लाईसेन्स अघि क्लबहरुलाई एन्फा लाईसेन्स दिलाउने योजना बनाएको छ ।

यति मात्रै हैन एन्फा लाईसेन्सका लागि योग्य भएका क्लबले मात्रै सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने प्रावधान ल्याएको छ । यदि कुनै क्लबसँग न्युनतम एन्फाले बनाएको मापदण्डनै नभए स्वतः क्लबले लिग गुमाउने छ ।

एन्फाले कोरोना करहकाबीच यसै साता 'ए' डिभिजन लिगमा सहभागी क्लबसँग भर्चुअल बैठक गरेको थियो । एन्फाले क्लबहरुलाई छलफलमा न्युनतम आधारहरु, कार्यविधि बनाएर क्लबमाझ प्रस्तुत गरेको थियो । त्यहिँ बैठकमा एन्फाले क्लबहरुलाई एन्फा लाईसेन्स नभए लिग नै खेल्न नपाउँने निर्णय गरेको थियो ।

‘क्लबहरुबीच छलफल भएको छ । अब नेसनल लाईसेन्स (एन्फा लाईसेन्स) नहुनेले ए डिभिजन लिग खेल्न पाउँदैन । नेसनल लाईसेन्स लिनै पर्छ । नत्र लिग खेल्न पाउँदैन,’ एन्फा प्रवक्ता किरण राईले खेलपाटीसँग भने ।

नेपाली शीर्ष डिभिजन क्लबले एएफसीको न्युनतम मापदण्ड समेत पुरा गर्न नसकेको कारण एन्फाले नेसनल लाईसेन्स दिलाएर मात्र एएफसी क्लब लाईसेन्स दिलाउने वातावरण तयार गरिरहेको हो ।

‘अहिले हामीसँग एएफसीको न्युनतम आधारहरुनै सम्भव छैन । एएफसीको लाईसेन्स अलि गाह्रो छ । त्यो हामीले पुरा गर्न सक्दैनौं । यो वर्ष नेसनल क्लब लाईसेन्स बनाउने छौं । त्यससपछि एएफसीमा नाम पठाउँछौं,’ प्रवक्ता राई भन्छन् ।

एएफसीले सन् २०१९ बाट सबै सदस्य राष्ट्रलाई अनिवार्य क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न निर्देशन दिएको थियो ।

अहिले नेपाली क्लबहरुको लाईसेन्सका लागि मुख्य समस्यानै युवा विकास कार्यक्रम रहेको छ । यस्तै क्लबको घरेलु मैदान, अफिस, टिम स्टाफ, वार्षिक आय व्यय विवरण, वार्षिक साधारण सभा, प्रत्येक टिममा कम्तिमा १८ खेलाडी वर्ष भरीका लागी अनुबन्धन हुनुपर्ने, क्लबका योजना जस्ता आधार क्लबहरुले एएफसीलाई देखाउनु पर्नेछ । जसमा नेपाली क्लबहरु चुकेको देखिएको छ ।

'ए' डिभिजन लिग खेलेका १४ क्लबहरु :

छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, न्युरोड टिम एन आर टी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्डस् क्लब, एपीएफ क्लब, ब्रिगेड ब्वाईज क्लब, सरस्वती क्लब (बी डिभिजनमा घटुवा)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP