• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईपीएल गर्न युएई किन उपयुक्त ?
खेलपाटी संवाददाता
बिहीबार, साउन ८, २०७७ खेलपाटी संवाददाता
आईपीएल गर्न युएई किन उपयुक्त ?

एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) यस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

गत मार्चमा तय भएपनि कोरोना भाईरसको कारण स्थगित १३ औं संस्करणको आईपीएल युएईमा गर्न लागिएको हो ।

आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो । यस पटक भने पुरा सिजन युएईमा हुनेछ ।

कोरोनाको माहामारीको कारण अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने भनिएको टी-ट्वान्टी विश्वकप स्थगित भएपछी भारतलाई आईपीएल गराउन बाटो खुलेको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सेप्टेम्बरबाट नोभेम्बरसम्म आईपीएल गराउने तयारी गरेको छ ।

भारतमा कोरोनाको महामारी तिब्र गतिमा फैलिरहेपछि बीसीसीआईले युएईमा प्रतियोगिता गर्न लागेको हो ।

भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर गएपछि बीसीसीआईले आईपीएल आयोजनाका लागि युएईलाई उपयुक्त भेन्यु ठानेको छ ।

यस अघि युएईसँगै श्रीलंका र न्युजिल्याण्डले आईपीएल आयोजना गराउन चाहेका थिए । तर, बीसीसीआईले युएईमा रोजेको हो ।

बीसीसीआईले आईपीएलका लागि युएई रोज्नुको कारण के हो ?

पहिलो कुरा युएईले यस अघि पनि आईपीएलको आयोजना गरिसकेको छ । दोस्रो, युएईले समेत इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले जस्तै जैविक सुरक्षा अपनाउन सक्ने क्षमता राख्दछ ।

दुबई स्पोर्ट्स सिटी, जहाँ दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र आईसीसी एकेडेमी रहेका छन् । यी दुवै मैदानमा टी-ट्वान्टी खेल खेलाउन योग्य छन् ।

'रंगशालामा ९ विकेट छन् जसले एकै दिनमा धेरै खेलाउन सकिन्छ । विकेट ताजा बनाउन कुनै पनि समय कुर्नु पर्दैन,' दुवई स्पोर्ट्स सिटीका प्रमुख सलमान हानिफले गल्फ न्युजमा भनेका छन्, 'आईसीसी कम्प्लेसमा मात्र ३८ विकेट छन्, जुन ओभल मैदानमा फैलिएका छन् । टर्फ विकेट र इन्डोर सुविधा भएको कारण गर्मी छल्न मद्दत हुन्छ ।'

युएईले कसरी आयोजक र फ्रेन्चाइजलाई सहयोग गर्छ ?

आईपीएल युएईमा आयोजना गर्नुको कारण सेवा सुविधा र हवाई उडान हो । फ्रेन्चाइजको लागि युएईले सबै भन्दा सुरक्षित र व्यवस्थित तरिकाले खेलाडी जम्मा गर्न सक्छ ।

खेलाडीहरु समेत दुबईमा बस्न रुचाउँछन् किनकि सारजाह मात्र ३० मिनेटको यात्रामा पर्छ । अबुधावी भने १ घण्टा ३० मिनेट लाग्ने गर्छ । थुप्रै मिडियाका अनुसार फ्रेन्चाइज टिमले आफ्नो टिमको लागि स्थान रोजिसकेका छन् । मुम्बई इण्डियन्सले आफ्नो पार्टनर रहेको जे डब्लु म्यारिअट ग्रुपमा आफ्नो टिम व्यवस्थापन गर्ने बताइएको छ । अन्य टिमले समेत आफ्नो व्यवस्थापन मिलाउन सुरु गरेको रिपोर्टमा बताइएको छ ।

युएईको क्रिकेट रंगशाला -

हालसम्म आईपीएल कुन मैदानमा हुने भन्ने टुंगो लागेको छैन । आईपीएलको गभर्ननिङ कमिटिको जुलाई २४ मा बस्ने बैठकले रंगशालाको तय गर्नेछ ।

युएईमा दुई टेष्ट खेल्न योग्य रंगशाला रहेका छन् भने अन्य ३ मैदानमा लिस्ट ए र टी-ट्वान्टी प्रतियोगिता आयोजना हुँदै आएका छन् । दुबईमा दुबई क्रिकेट रंगशाला, आबुधाबीमा शेख जयद क्रिकेट रंगशाला र सारजाहमा सारजाह क्रिकेट एसोसियसन रंगशाला रहेका छन् ।

यस्तै दुबईमा आईसीसी एकेडेमीको ग्राउण्ड एक छ भने दुबई क्रिकेट काउन्सिलको दुई वटा मैदान समेत रहेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सारजाह क्रिकेट एसोसियसन रंगशाला टेष्ट रंगशाला हुन् । आईसीसी एकेडेमीमा समेत एकदिवसीय अन्तर्राष्ट्रिय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट आयोजना भईसकेको छ ।

शेख जयद क्रिकेट रंगशालाको परिसरमा दुई मैदान छन् जसलाई नर्सरी एक र नर्सरी दुई भनिन्छ । नर्सरी एक भनिने टोलरेन्स ओभलमा युएई र अष्ट्रेलियाको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको लागि सन् २०१८ मा प्रयोग गरिएको थियो ।

समर्थकले प्रवेश पाउन सक्ने -

युएईले आईपीएलमा समर्थकलाई प्रवेश गराउने योजना समेत बनाएको छ । इमिरेट्समा कोरोना संक्रमण नियन्त्रणमा आएको कारण उसले समर्थकलाई प्रवेश गराउन सकिने बताएको छ । युएईमा कुल ५० हजार व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो भने ३ सयको निधन भएको थियो ।

'मैदानमा समर्थक भित्र्याउन सरकारको अनुमति चाहिन्छ । हामीले केही निर्णय लिनु अघि बृहत छलफल गर्ने छौं,' युएई क्रिकेट बोर्डका जेनेरल म्यानेजर मुबासिर उस्मानीले टेलिग्राफमा भनेका छन्, 'अझै आईपीएलको लागि समय छ । हामीले यसबारे विचार गर्दैछौं ।'

युएईमा भएको आईपीएल -

सन् २०१४ मा आईपीएलको पहिलो २० खेल युएईमा भएको थियो । खेलहरु तीन मैदानमा आयोजना भएका थिए । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अबुधावी र सारजाह क्रिकेट रंगशालामा आयोजना भएको थियो । जसमध्ये सारजाहमा ६ खेल भएको थियो भने दुबई र अबुधावीमा समान ७-७ खेल भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP