एजेन्सी । युरोपियन फुटबलमा लागेको दुई वर्षको प्रतिबन्धविरुद्ध इंग्लिस क्लबले म्यानचेस्टर सिटीले अपील गरेको छ ।
सिटीले खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको हो ।
सिटीले गरेको अपीलको सुनुवाई आगामी जुन ८ देखि १० सम्म हुने बताईएको छ ।
युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो ।