प्रिमियर लिगका ६ खेलाडीलाई कोरोना

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका ६ खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ ।
प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि कुल ७ सय ४८ जनामा परिक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।
कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताईएको छ । उनीहरुको नाम समेत सार्वजनिक गरिएको छैन ।
 
प्रिमियर लिगले मंगलबारबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ ।
कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।













