लिभरपुलले उपाधि ट्रफी प्रदर्शनी गर्न पाउने

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले यस सिजनको प्रिमियर लिगको उपाधि जितेपछि ट्रफी प्रदर्शनी गर्न पाउने भएका छन् ।
प्रिमियर लिगले यदि लिभरपुलले उपाधि जित्यो भने र सुरक्षित भएमा ट्रफी प्रदर्शनीका लागि समर्थन गर्ने जनाएको छ ।
प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले सामाजिक र सार्वजनिक स्वास्थ्यको अवस्थालाई हेरेर ट्रफी प्रदर्शनीलाई समर्थन गरिने बताए ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
तर, कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
प्रिमियर लिग क्लबले मंगलबारबाट सानो समूह बनाएर प्रशिक्षण समेत सुचारु गरेको छ ।













