एजेन्सी । इटालियन क्लब युभेन्ट्सका खेलाडीहरु प्रशिक्षणमा फर्किएका छन् ।
युभेन्ट्सले मंगलबारबाट टुरीनस्थित कन्टिनासा ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो ।
युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, पाउल डिबला, मिरालिम पाज्निक, बुफोन लगायतका खेलाडी ट्रेनिङमा आएका छन् ।
पोर्चुगलबाट इटाली आएका रोनाल्डो दुई साताको क्वारेन्टाइनपछि प्रशिक्षणमा फर्किएका हुन् ।




