एजेन्सी । स्पेनिस क्लब बार्सिलोना अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेज अनुबन्धको नजिक पुगेको छ ।
स्पेनिस पत्रिका मुण्डो डिपोर्टिभोले बार्सिलोना इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर अनुबन्धको नजिक पुगेको बताएको छ ।
डिपोर्टिभोले २२ वर्ष फरवार्डसँग बार्सिलोनाले अर्को महिना सम्झौता गर्ने समेत जनाएको छ ।
बार्सिलोनाले पछिल्लो समय मार्टिनेज अनुबन्धको लागि लागि परेको छ ।
बार्सिलोनाले मार्टिनेजलाई ३३ वर्ष पुगेका फरवार्ड लुइस स्वारेजको प्रतिस्थापनको रुपमा हेरेको छ ।
युरोपियन क्लब फुटबलमा मार्टिनेजको मूल्य १ सय ११ मिलियन युरो रहेको छ । तर, बार्सिलोनाले उनलाई अनुबन्धका लागि खेलाडी सट्टाको प्रस्ताव समेत अघि सारेको छ ।
पछिल्लो समय कोरोना भाईरसको कारण क्लबहरु आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यसैले बार्सिलोना पनि मार्टिनेजका लागि ठुलो रकम खर्च नगर्ने पक्षमा रहेको छ ।
कोरोनाको कारण स्पेनिस ला लिगा र इटालियन सिरी ए फुटबल गत मार्चबाट स्थगित गरिएको छ ।
दुवै लिग आगामी जुनबाट सुचारु गर्ने तयारी भईरहेको छ ।