एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा बायर लिभरकुसेनले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा लिभरकुसेनले वेर्डेर ब्रेमेनलाई ४-१ गोल अन्तरले हराएको हो ।
ब्रेमेनको मैदानमा लिभरकुसेनलाई जित दिलाउन काइ हार्भटेजले दुई गोल गरे ।
यस्तै मिचेल विसर र किरिम दिमिरबेले एक एक गोल थपे ।
घरेलु टोलीका गेब्री सेलासीले एक गोल फर्काए ।

यो जितसँगै लिभरकुसेनले २६ खेलमा ५० अंक जोडेको छ । लिभरकुसेन लिगको पाँचौ स्थानमा रहेको छ ।
१८ अंक जोडेको ब्रेमेन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।