एजेन्सी । रोबर्ट लेवानडोस्कीले ईर्लिङ हाल्याण्डलाई बोरुसिया डर्टमण्डमै बस्न सुझाव दिएका छन् ।
लेवानडोस्कीले म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडसंग जोडिएका हाल्याण्डलाई नयाँ क्लबको प्रस्ताव अस्विकार गर्दै जर्मन क्लबमै बस्न सुझाएका हुन्।
उनले हाल्याण्ड डर्टमण्डमै बस्दा उनलाई फाईदा पुग्ने धारणा राखे ।
नर्वेजियन युवा स्टार गत जनवरीमै युनाईटेडकोे नजिक थिए । तर उनले बुन्डेशलिगा क्लब जाने विकल्प रोजेका थिए । उनले क्लबका लागि सुरुवाती ११ खेलमा १२ गोल गरेका छन् ।
युनाईटेडले आगामी खेलाडी सरुवा बजारमा १९ बर्षिया फरवार्डका लागि रियल मड्रिडसंग प्रतिस्पर्धा गरिरहेको छ । तर बार्यन म्युनिखका फरवार्ड लेवानडोस्कीले हाल्याण्ड अन्य क्लब जानु भन्दा डर्टमण्डमै बस्दा राम्रो हुने प्रतिक्रिया दिएका हुन् ।

'उनीसंग धेरै क्षमता छ । तर यस समयमा उनीमाथि कुनै दबाब दिनुहुदैन ।' लेवानडोस्कले भनेका छन् ।
'यदी उनले मेहनत गरे भने उनी अझ राम्रो खेलाडी बन्न सक्छन् । तर उच्च तहमा पुग्न सक्छन् ।' उनले थपे ।
'उनी अर्को कदम चाल्नु भन्दा बुन्डेशलिगामै लामो समय बस्दा राम्रो हुन्छ जस्तो लाग्छ ।' लेवानडोस्कीको सुझाव छ ।
पोल्याण्डका अन्तराष्ट्रिय फरवार्ड युरोपकै उत्कृष्ट फरवार्ड हुन् । उनले यस सिजन समेत २३ खेलमा २५ गोल गरेका छन् ।
लेवानडोस्की र हाल्याण्ड यसै साता मैदान फर्कदै छन् । कोरोना भाईरसको महामारीका कारण दुई महिना अबरुद्ध सिजन पुन सुरु हुदै गर्दा दुवै खेलाडी मैदान उत्रने तयारी गरेका छन् ।