एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल सर्वाधिक धनी युवा खेलाडी बनेका छन् ।
इंग्ल्यान्डको सन्डे टाइम्सले निकालेको ३० वर्ष मुनिको सर्वाधिक धनी युवा खेलाडीमा वेल्सका बेल शीर्ष स्थानमा रहेका हुन् ।
सार्वजनिक सूचीमा बेलको सम्पति १ सय १४ मिलियन पाउण्ड रहेको छ ।
यस्तै बक्सिङका एन्थोनी जोसुवा १ सय ७ मिलियनसहित दोस्रो स्थानमा रहेका छन् ।
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा ५० मिलियनसहित सूचीको शीर्ष स्थानमा रहेका छन् ।
समान ३४ मिलियन पाउण्डसहित सिटीका केभिन डे ब्रुयन चौंथो र युनाइटेडका डेभिड डी गिया पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै सन्डे टाइम्सले निकालेको सर्वाधिक धनी ब्रिटेनको खेलाडीको शीर्ष स्थानमा फर्मुला वानका लुइस ह्यामिल्टन रहेका छन् ।
६ पटकको फर्मुला वान च्याम्पियन ह्यामिल्टनको सम्पति २ सय २४ मिलियन पाउण्ड रहेको छ ।
ह्यामिल्टनले डेभिड बेकह्यामलाई पछि बनाएका हुन् । बेकह्यामको सम्पति २ सय मिलियन पाउण्ड रहेको छ ।
