एजेन्सी । बुन्डेशलिगा क्लब आग्सबर्गका प्रशिक्षक हेईको हेरलिचले एकान्तबासमा रहने नियम तोडेका छन् ।
लिग हुने संघारमा क्वारेन्टाईनमा रहेका उनले बजार निस्किएर नियम तोडेका हुन् ।
घटनामा संलग्न देखिएको भन्दै बुन्डेशलिगाले उनलाई लिगको पहिलो खेलमा निलम्बन गरेको छ ।
उनी होटलमा रहेको समय टुथपेस्ट किन्न बाहिर निस्किएका थिए ।
हेरलिचको टिले शनिबार उल्सवर्गको सामाना गर्दैछ । बिहिबार भएको पत्रकार सम्मेलनमा उनले पसलमा निस्किएको र नियम उल्लंघन गरेको बताएका थिए ।
'होटल छाडेर मैले गल्ती गरे ।' उनले बिज्ञप्ती निकाल्दै पछि भनेका छन् ।
४८ बर्षका हेरलिच मार्च १० मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । घरेलु मैदानमा उल्सवर्गसंग उनको पहिलो खेल थियो ।
'होटलबाट बाहिर निस्कने समयमा मैले सबै स्वच्छ उपाय अबलम्बन गरेका थिए । मैले यसलाई लुकाउन सक्दिन ।' उनले भने, 'यस अवस्थामा म आफ्नो टिम र मानिसका लागि एक रोल मोडलको रुपका काम गर्न सक्षम छैन ।'
सोही कारण म लगातार आफ्नो गल्तीमा उभिएको छु । सोही कारण शुक्रबारको प्रशिक्षणमा जाने छैन र शनिबार उल्सवर्गबिरुद्ध समेत हुने छैन ।
उनले आफुसंग टुथपेस्ट नभएका कारणले सुपरमार्केटमा गएको बताएका छन् ।
क्लबले खेलाडी र स्टाफको नियमित रुपमा परिक्षण गरिरहेको छ । हेरलिचको दुई पटक नतिजा नेगेटिभ आएपछि मात्र उनी टिमको प्रशिक्षणमा सहभागी हुन पाउनेछन् ।
आग्सबर्ग तालिकाको १४ औं स्थानमा रहेको छ । क्लब रेलिगेशन जोन भन्दा मात्र ५ अंकले माथि छ ।