एजेन्सी । प्रिमियर लिग क्लबले सम्झौता सकिएको खेलाडीको सम्झौता सिजनको अन्त्यसम्मका लागि थप्ने भएको छ ।
प्रिमियर लिग क्लब छोटो समयका लागि अनुबन्ध भएका खेलाडीको सम्झौता जुन ३० सम्म थप्न सहमत भएको हो ।
कोरोना भाईरसको कारण लिग नसकिएपछि क्लबले खेलाडीको सम्झौता थप्ने भएको हो ।
कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ ।
स्थगित प्रिमियर लिग सुचारुको मिति अझै तय भएको छैन ।
कोरोनाको महामारीको कारण इंग्ल्यान्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।
कोरोनाले इंग्ल्यान्डमा ३० हजार बढी मानिसको ज्यान गईसकेको छ ।