लण्डन ग्राण्ड प्रिक्स रद्द
मंगलबार, बैशाख ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण इंग्ल्यान्डको प्रतिष्ठित एथ्लेटिक्स प्रतियोगिता लण्डन ग्राण्ड प्रिक्स रद्द भएको छ ।
युके एथ्लेटिक्सले मंगलबार जुलाईमा तय भएको प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
'प्रतियोगिता रद्द हुँदा धेरै निराश भएका छौँ,' युके एथ्लेटिक्सका प्रमुख कार्यकारी जोन्ना कोट्सले भने ।
द एनिभर्सरी गेम्सको नाममा समेत चिनिने प्रतियोगिता जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।
कोरोनाको महामारी कायम रहेपछि इंग्ल्यान्ड सरकारले जुन १ सम्म सम्पूर्ण खेलकुद प्रतियोगिता बन्द गरेको छ ।
इंग्ल्यान्डमा गत मार्चपछि प्रतियोगिताहरु आयोजना भएको छैन ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


