• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
पारस खड्का : सफल कप्तान
विश्वास थापा
बिहीबार, वैशाख ११, २०७७ विश्वास थापा
पारस खड्का : सफल कप्तान
तस्बिर - आईसीसी

काठमाडौं । पारस खड्का नेपाली क्रिकेट ईतिहासकै सर्वाधिक सफल कप्तान हुन् ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा हात पारेको हरेक सफलताको नेतृत्व पारसले गरेका छन् ।

एक समय डिभिजन-५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी–ट्वान्टी विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्राको नेतृत्व गरे ।

नेपाली क्रिकेट आईसीसीबाट निलम्बनमा रहदाँ समेत उनैले कप्तान र अभिभावकको रुपमा नेपाली क्रिकेटलाई अघि बढाए ।

नेपाली क्रिकेटले बनाएको हैसियतमा पारस नायक छन् । पारस जति सफल कप्तान नेपाली क्रिकेटले बिरलै पाउनेछ ।

उनै पारसले १६ वर्ष अघि अर्थात सन् २००४ अप्रिल २३ (आजकै) दिन राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गरेका थिए ।

आईसीसी अन्तरमहादेशीय कपमा पारसले मलेसियाविरुद्धको प्रथम श्रेणीको क्रिकेट खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए । तर, बिडम्बना भनौ प्रथम श्रेणी क्रिकेटबाट डेब्यु गरेपनि पारसले हालसम्म मात्र २ प्रथम श्रेणीको क्रिकेट खेलेका छन् ।

Cricket Nepal (@NepalCricket) | Twitter

लामो समयबाट आईसीसी अन्तरमहादेशीय कपमा छनोट हुन नसक्दा र घरेलु क्रिकेटमा लामो फर्म्याटको क्रिकेट नहुँदा नेपाल त्यसबाट बन्चित हुँदै आएको छ ।

पूर्व कप्तान पारसले डेब्युपछि नेपाली क्रिकेटमा पछाडी फर्केर हेर्नु परेको छैन । राष्ट्रिय टिममा डेब्यु गरेको ५ वर्षपछि उनले कप्तानी सम्हाल्ने मौका पाए ।

सन् २००९ मा नेपाली राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएका पारसले नेपाली क्रिकेटले नक्सा बदल्ने काम गरे । उनले अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटलाई जबर्जस्त रुपमा स्थापित गरे ।

तल्लो डिभिजनमा अड्किएको नेपाली क्रिकेटलाई टी–ट्वान्टी विश्वकप हुदै एकदिवसीय अन्तर्राष्ट्रियको हैसियतसम्म ल्याईपुर्राए ।

मैदान भित्र टिमको नेतृत्व गर्ने उनको शैलीलाई धेरैले 'क्याप्टेन कुल’ भन्ने गरेका छन् ।

पारस नेपाली क्रिकेटका लागि सफल कप्तान मात्र नभएर पछिल्लो १० वर्ष नेपाली क्रिकेटका मेरुदण्डका रुपमा रहे ।

उनी हजुरबुवाको प्रेरणामा क्रिकेटमा लागे । उनले बाल्यकालमा आफु कीर्तिपुरस्थित त्रिवि मैदानमा हजुरबुवासँग क्रिकेट हेर्न जाने गरेको खिस्सा धेरै अन्तर्वार्तामा बताउने गरेका छन् ।

पारसले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । पारस दुवै फर्म्याटमा नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

सिनियर करियर -

पारसले त्रिवि क्रिकेट मैदानमा अन्तरमहादेशीय कपमा मलेसियाविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

डेब्यु खेलमा पारसले ४४ रन र एक विकेट लिएका थिए । जुन खेल नेपालले ९ विकेटले जितेको थियो । नेपालको पहिलो प्रथम श्रेणीको जित पनि त्यहीँ थियो ।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा सिनियर टिमको उपकप्तानीको जिम्मेवारी प्राप्त गरे ।

nepali-team

त्यसको दुई वर्षपछि २००९ मा तत्कालिन कप्तान विनोद दासलाई विस्थापित गर्दै पारस राष्ट्रिय टिमको कप्तान चुनिए ।

त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान बने ।

उनी कप्तान भए लगत्तै नेपाल सन् २०१० मा घरेलु मैदानमा भएको डिभिजन-५ को च्याम्पियन बन्यो ।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन-४ को उपाधि हात पार्दा पारस नायक रहे । सोही वर्ष भएको एसीसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउन पारसले शानदार प्रर्दशन गरेका थिए । उनी प्लेयर अफ द सिरिज घोषित भए ।

एसीसी ट्रफी इलाइट ट्रफीमा कुवेतविरुद्ध शतक प्रहार गरेका पारस नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनले ७७ बलमा अविजित रहँदै १ सय ६ रन प्रहार गरेका थिए ।

पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि उचाल्न सफल भएको थियो ।

सन् २०१३ को डिभिजन-३ जितेसँगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो ।

पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी–ट्वान्टीमा छनोट भयो ।

बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउदै नेपाल इतिहास रच्न सफल भयो ।

Cricket in Nepal : No enough exposure - Mero Tribune

हङकङविरुद्ध पहिलो बलमा पारसले विकेट समेत हात पारेका थिए । उनी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलको पहिलो बलमा विकेट हात पार्ने विश्वका १० औं खेलाडी बने ।

तीन खेलमध्ये २ मा जित हात पारेको नेपाल नेट रनरेटको आधारमा अघिल्लो चरण पुग्न त सकेन तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतले खुलेर प्रशंसा गरेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको अहिलेसम्मकै ठुलो प्रतियोगिता त्यहिँ हो ।

विश्व क्रिकेटको लोकप्रिय क्रिकेट वेवसाईट क्रिकइन्फोले विश्वकपमा पारसलाई नेपालका कपिल देव भनेर सम्बोधन समेत गरेको थियो ।

सन् २०१५ को डिभिजन-२ मा कप्तान पारसले ६ इनिङमा १ सय ८५ रन बनाउँदै ६ विकेट हात पारेका थिए । सो प्रतियोगिताबाट नेपाल सन् २०१५ देखि २०१७ सम्म हुने आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट भएको थियो ।

विश्व क्रिकेट लिग (सन् २००८ देखि २०१५) अन्तर्गत पारसले १ हजार १ सय ५७ रन बनाएका छन् । जसमा ७ अर्धशतक रहेका छन् ।

सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो । जिम्बाबेमा विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।

उनले व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा केही कीर्तिमानहरु समेत बनाउन भ्याए ।

नेपाललाई टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने पारस पहिलो कप्तान हुन् ।

नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी हुन् । उनले युएईविरुद्धको खेलमा १ सय १५ रन प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै पारस टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी तथा कप्तान हुन् । उनले सिंगापुरविरुद्ध ५२ बलमा अविजित १ सय ६ रनको इनिङ्स खेल्दै कीर्तिमान बनाएका थिए । उनले नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत बनाएका छन् ।

राष्ट्रिय टिमका नियमित सदस्य पारसले गत असोजबाट कप्तानी छाडेका थिए । उनले कप्तानी छाडेपछि नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् ।

पारस भन्छन् – सबै एक भएर ...

उमेर समूह -

कक्षा १० सकिने बेला पारस पढ्ने विद्यालयले यू–१५ अन्तर विद्यालय प्रतियोगिता खेलेको थियो । पारस नेतृत्वको टिमले प्रतियोगिताको उपाधिनै हात पार्यो ।

काठमाडौंको क्षेत्रीय छनोटको रुपमा रहेको प्रतियोगितामा राम्रो प्रर्दशन गरेपछि पारससहित तीन खेलाडी क्षेत्रीय छनोटमा परेका थिए । त्यहिँबाट पारसको क्रिकेट करियर सुरु भएको थियो ।

उनले नेपालको यू–१५ हुँदै यू–१७ र यू–१९ टिममा खेल्ने अवसर पाए ।

सन् २००२ मा यू–१५ एसिया कपमा युएईविरुद्व खेल्दै पारसले नेपालको जुनियर टिममा डेब्यु गरेका थिए ।

अर्को वर्ष पारसले यू–१९ टिमबाट प्रतिनिधित्व गरे । त्यो समय कराँचीमा भएको यूथ एसिया कपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए । उनले सन् २००४ को आईसीसी यू–१९ विश्वकपको अनुभव समेत लिए ।

बंगलादेशमा भएको विश्वकप खेलेका पारस सहितको टोलीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई समेत पराजित गरेको थियो ।

सन् २००५ मा उनी यू–१९ टिमको उपकप्तान भए । उनकै टोलीले २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपमा उमेर समूहको टोलीको कप्तानी सम्हाल्ने मौका पाएका थिए ।

सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी घोषित भए । सोही वर्ष उनले एसीसी इमर्जिङ प्लेयर अफ दि ईयरको अवार्ड हात पारे ।

सन् २००८ को आईसीसी यू–१९ विश्वकपमा पारसले नेपाली टिमको कप्तानी गरेका थिए । सो विश्वकपमा उनको प्रदर्शनबाट प्रभावित हुँदै विश्वकप स्मारिका कार्यक्रममा पारसलाई टेष्ट राष्ट्रको टिममा हुनु पर्ने खेलाडी भन्दै सम्बोधन गरिएको थियो । 

विश्वकपको छनोट यात्रा सुरु भयो ...

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP