• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एसियन गेम्स : पाकिस्तानसंग पराजित हुँदै नेपाल बाहिरियो
खेलपाटी संवाददाता
आइतबार, भदौ ३, २०७५ खेलपाटी संवाददाता
एसियन  गेम्स : पाकिस्तानसंग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालको यू–२३  टोली समूह चरणबाट बाहिरिएको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग २ - १ ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

प्याट्रिओट चन्दबागा रंगशालामा नेपालले लिएको सुरुवाती अग्रता उल्टाएर पाकिस्तानले जित निकालेको हो । पाकिस्तानलाई जित दिलाउन मोहमद बिलाल र सद्दाम हुसेनले एक एक गोल गरे । नेपालले एक गोल आत्मघाती उपहार पाएको थियो । पाकिस्तानका युनस सहबाजले आत्मघाती गोल गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो  । खेलको १२ औं मिनेटमा सहबाजले आत्मघाती गोल गरेपछि नेपालले अग्रता बनाएको थियो ।

पाकिस्तानविरुद्धको यो गोल नेपालले ३६ बर्षपछि एसियन गेम्समा गरेको पहिलो गोल हो । यसअघि सन् १९८२ को एसियन गेम्समा नेपालले पहिलोपटक गोल गरेको थियो । उक्त संस्करणमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।

पाकिस्तानविरुद्ध सुरुवाती अग्रता बनाएपनि नेपालले अग्रता जोगाउन सकेन । खेलको ५४ औं मिनेटमा मोहमदले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काए । त्यसपछि खेलको ७२ औं मिनेटमा सद्दामले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २ - १ को जित दिलाए । नेपालका रोहित चन्दले ह्याण्डबल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।

यो हारसंगै नेपालले समूह चरणको तीनै खेल गुमाएको छ । र, नेपाल अंकबिहिन रहदै घर फर्किएको छ । पाकिस्तानले अन्तिम खेलमा ३ अंक जोडेको छ । पाकिस्तानको उत्कृष्ट तेस्रो टिम बन्दै दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा जापानसंग १ – ० र दोस्रो खेलमा भियतनामसंग २ – ० ले पराजित भएको थियो । यो समूहबाट भियतनाम ३ खेलबाट ९ अंकसहित समूह बिजेता बन्दै दोस्रो चरणमा पुगेको छ । यस्तै जापान समूह उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP