एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फुटबल खेलाडी कोरोना भाईरसको क्वारेन्टाइनमा बस्नु परेको छ ।
रियलको बास्केटबल खेलाडीमा कोरोनाको लक्षण पोजिटिभ देखिएपछि फुटबल खेलाडीहरु क्वारेन्टाइनमा बसेको बीबीसीले जनाएको छ ।
बास्केटबल खेलाडीमा गरिएको परिक्षणमा कोरोनाको भाईरस पोजिटिभ देखिएको थियो ।
बास्केटबल खेलाडी र फुटबल खेलाडीले एकै ट्रेनिङको सामग्रीहरु प्रयोग गर्ने भएको कारण उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको हो ।
रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग खेल समेत रोकिने सम्भावना बढेको छ । रियलले इङ्लिस क्लबसंग आगामी मंगलबार दोस्रो लेग खेल खेल्नेछ ।
यस्तै ला लिगाले लिगको आउने दुई चरणको खेल स्थगित गरेको छ । कोरोनाले महामारीको रुप लिदै गएपछि ला लिगाले दुई चरणको खेल स्थगित गरेको हो ।