पोखरा । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीविरुद्ध मनाङले २-१ को अग्रता बनाएको छ ।
मनाङका लागि फ्लोरेन्ट र विमल रानाले एक एक गोल गरे । आर्मीका भरत खवासले एक गोल फर्काए ।
दुवै टिम फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
यस अघि आर्मीले क्वाटरफाइनलमा 'ए' डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । मनाङले झापा-११ लाई १-० गोल अन्तरले हराएको थियो।
आर्मी र मनाङबीचको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।