एजेन्सी । ब्राजिली स्टार नेयमारले डच युवा स्टार इर्लिङ हाल्याण्डको गोल सेलिब्रेसनको नक्कल गर्दै मजाक उडाएका छन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डबिरुद्व २–० को नतिजा निकाल्ने क्रममा गोल गरेका नेयमारले हाल्याण्डको सेलिब्रेसन नक्कल गर्दै मजाक उडाएका हुन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले गोल गरे लगत्तै हाल्याण्डको नक्कल गर्दै सेलिब्रेसन गरेका थिए ।
खेल सकिए लगत्तै पीएसजीका सबै खेलाडी जम्मा भएर सोही सेलिब्रेसन नक्कल गरेका थिए ।

हाल्याण्डको दुई गोलको सहयोगमा पहिलो लेगमा डर्टमण्डले २–१ को नतिजा आत्मसाथ गरेको थियो । तर दोस्रो लेगको २८ औ मिनेटमा गोल गर्दै नेयमारले सो नक्कल उतारेका हुन् ।
एन्जल डी मारियाको कर्नरमा ‘ड्राईभ हेड’ गोल गर्दै नेयमार डर्टमण्डको बेन्च अगाडी पुगेर हल्याण्डको नक्कल गरेका थिए ।
उनले पलेटी मारेर ध्यानको आशनमा पोज दिएका थिए । जुन पोज गोल गरे लगत्तै हाल्याण्डले दिने गरेका छन् ।
पहिलो लेगको खेलमा गोल गरे लगत्तै हाल्याण्डले सोही पोजको सेलिब्रेसन गरेका थिए ।
जुआन बर्नाटको दोस्रो गोलसंगै पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा घरेलु मैदानमा २–० को नतिजा निकालेको पीएसजी समग्रमा ३–२ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो ।
खेलको अन्तिम तनावग्रस्त अवस्थामा नेयमार सहभागी बने । ईम्री कानले फल गरेपछि नेयमार विवादमा उत्रिएका थिए ।
हाल्याण्डका लागि पेरिसमा भएको दोस्रो लेग निराशाजनक रह्यो । कोरोना भाईरसको संक्रमणको कारण खेल रंगशाला बन्द गरेर खेलाईएको थियो ।
खेलको अन्तिममा पीएसजीका सबै खेलाडी एकिकृत भएर हाल्याण्डको नक्कल गर्दै सेलिब्रेसन गरे ।

पीएसजीको जितमा एक गोल गरेका नेयमारले घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगको २८ खेलमा ३८ गोल गरेका छन् । उनी युरोपेली फुटबलमा घरेलु मैदानमा अहिलेसम्म पराजित भएका छैनन् । उनले २५ जित र ३ बराबरीको नतिजा आत्मसाथ गरेका छन् ।
पीएसजी सन् २०१६ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजन पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको थियो ।