एजेन्सी । युरोपा लिगको अन्तिम १६ अन्तर्गत इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब गेटाफेबीचको पहिलो लेग खेल स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै बिहिबार तय भएको इन्टर र गेटाफेबीचको खेल स्थगित गरिएको हो ।
दुई टोलीबीचको खेल यस अघि बन्द रंगशालामा खेलाईने बताईएको थियो । तर, स्पेन र इटाली सरकारले दुवै टिमलाई आवतजावतमा रोक लगाएको छ ।
यस्तै युरोपा अन्तर्गत नै रोमा र सेभियाबीचको खेल समेत स्थगित गरिएको छ ।
युएईएफले स्थगित खेल सहभागी टोलीसँग छलफल गरेर तय गरिने बताएको छ ।