काठमाडौं । बाँसबारी फुटबल क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई ५-२ गोल अन्तरले पराजित गर्दै बाँसबारीले लगातार दोस्रो जित निकालेको हो ।
बाँसबारीको जितमा सुलेमान थापा मगर र सजिन थापा मगरले दुई दुई गोल गरे । सुरेश कुमालले थप एक गोल गरे ।
मध्यपुरका धिरज श्रेष्ठ र सन्नी लामाले एक एक गोल फर्काए ।
जितसँगै बाँसबारीले ३ खेलमा ९ अंक जोडको छ । र, बाँसबारी शीर्ष स्थानमा उक्लिएको छ ।
यस अघि बाँसबारीले पहिलो खेलमा श्री भगवती क्लब र दोस्रो खेलमा ब्वाईज युनियन क्लबलाई हराएको थियो ।
मध्यपुरको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा मध्यपुर खुमलटार युथ क्लब र दोस्रो खेलमा श्री भगवती क्लबसँग पराजित भएको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।