काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको सिजनको पहिलो खेलमा जकार्ताले पुसामानिया बोर्नेओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
जर्कताको जितमा ओस्भाल्दो हाय, मार्को सिमिक र इभान डिमासले एक एक गोल गरे । बोर्नेओका लागि वाग्सलेले एक गोल फर्काए । एक गोल भने जकार्ताका र्यूजी उटोमोले आत्मघाती गोल गरे ।
जितसँगै जकार्ताले १ खेलमा ३ अंक जोडेको छ । जकार्ता लिगको तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा रोहित प्लेईङ सेटमा रहेर खेलेका थिए ।