काठमाण्डौं । जावलाखेल भेट्रान्स क्लब र नुवाकोट भेट्रान्स क्लबले राजधानीमा जारी खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा जावलाखेलले बनेपा भेट्रान्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक नजिक पुगेको हो । जावलाखेलका राजकुमार केसी र बिजय गुरुङ्गले एक/एक गोल गरे ।
यस्तै नुवाकोटले टुँडिखेल भेट्रान्सलाई ३–०ले पाखा लगाउँदै फाईनल यात्रा तय गर्यो । नुवाकोटका लागि जगत लामा, अर्जून गुरुङ्ग र आकाश गुरुङ्गले एक/एक गोलको योगदान गरे ।
चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फाईनल शनिबार हुने छ ।