• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विश्वकप छनोटको तयारी भोलीबाट
नमीन ढकाल
शनिबार, फागुन १७, २०७६ नमीन ढकाल
विश्वकप छनोटको तयारी भोलीबाट
राष्ट्रिय टिमकाे प्रशिक्षणणमा खेलाडी तथा प्रशिक्षक । फाेटाे : खेलपाटी

काठमाडौं । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत चाईजिन ताईपे र अष्ट्रेलियासँगको खेलका लागि राष्ट्रिय फुटबल टिमको तयारी भोली (आईतबारं)बाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा हुने दुई खेलका लागि भोली (आईतबार)बाट अभ्यास सुरु गर्न लागेको हो ।

राष्ट्रिय टिमका ब्यवस्थापक तथा एन्फा केन्द्रिय सदस्य मधुसुदन उपाध्यायले राष्ट्रिय टिमले आईतबारबाट तयारी सुरु गर्ने खेलपाटीलाई बताए ।

‘विश्वकप छनोट अन्तर्गत घरेलु भूमीमा हुने दुई खेलका लागि भोलीबाट तयारी सुरु हुनेछ ।’ उनले भने ।

नेपालले मार्च २६ मा चाईनिज ताईपेसँग घरेलु मैदानमा दोस्रो लेगको खेल खेल खेल्दैछ । लगत्तै ५ दिनपछि नेपालले अष्ट्रेलियालाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

खेल साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

खेल हेर्नका लागि टिकट प्रभु पेबाट किन्न सकिनेछ । एन्फाको आधिकारीक टिकट बिक्रेता प्रभु पेले टिकटका लागि आफु तयार रहेको बताईसकेको छ ।

यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग सकिए लगत्तै राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । तर मोफसलका प्रतियोगितामा आफ्ना मुख्य खेलाडी ब्यस्त हुने बताउँदै क्लबहरुले प्रशिक्षण केही दिन पर सार्न अनुरोध गरेका थिए । सोही अनुसार निर्धारित समय भन्दा १५ दिनपछि राष्ट्रिय फुटबल टिमले तयारी सुरु गर्न लागेको हो ।

यद्यपि खप्तड सहितका गोल्डकप चलिरहेका कारण काठमाडौं बाहिर रहने खेलाडी केही दिनपछि मात्र राष्ट्रिय टिमको अभ्यासमा सहभागी हुनेछन् ।
यसअघि बाहिर रहेका अभिषेक रिजाल समेत राष्ट्रिय टिममा समाबेश हुनेछन् ।

देश बाहिर खेलिरहेका अभिषेक सहित रोहित चन्द र किरण चेम्जोङलाई एन्फाले आफ्नो प्रारम्भिक टोलीमा राखेको थिएन । अभिषेक भने हाल स्वेदशमै रहेका छन् । यस्तै रोहित र किरण भने केहि समयपछि मात्रै स्वदेश फर्कने छन् ।

यस्तै एन्फाले अन्तिम समय लिगका उत्कृष्ट गोलरक्षक दिप कार्कीलाई पनि क्याम्पमा बोलाएको छ ।

राष्ट्रिय टिमको अभ्यासको सुरुवाती दिनमा काठमाडौंमा उपलब्ध रहेका खेलाडी मात्रै सहभागी हुनेछन् ।

काठमाडौंमा सम्पन्न ए डिभिजन लिग खेलेका आर्मीका सर्वाधिक ७ खेलाडी प्रारम्भिक टोलीमा परेका छन् । यस्तै लिग विजेता मछिन्द्रबाट ५ खेलाडी, मनाङबाट ४ खेलाडी, पुलिस, थ्रीस्टार र संकटाबाट समान ३–३ खेलाडी प्रारम्भिक टोलीमा परेका छन् । यस्तै, एनआरटीबाट २ खेलाडी, जावलाखेल र एपीएफबाट समान एक–एक खेलाडी प्रारम्भिक टोलीमा बोलाईएको छ ।

कतारमा आयोजना हुने फिफा बिश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल समूह बीमा रहेको छ । ५ खेल खेलको नेपाल १ जितसहित ३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा ५ खेल खेलेको कुवेत १० अंक सहित दोस्रो स्थानमा छ ।

समान ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा एक अंक पनि जोड्न नसकेको चाईनिज ताईपे पुछारमा रहेको छ ।

प्रारम्भिक टोली :

विकेश कुथु – आर्मी

सुमन अर्याल – आर्मी

विकास खवास – आर्मी

जर्ज प्रिन्स कार्की – आर्मी

भरत खवास – आर्मी

नवयुग श्रेष्ठ – आर्मी

सेसेहाङ आङ्देम्ब – आर्मी

विशाल श्रेष्ठ – मछिन्द्र

रजिन धिमाल – मछिन्द्र

देबेन्द्र तामाङ – मछिन्द्र

विशाल राई बी – मछिन्द्र

सुजल श्रेष्ठ – मछिन्द्र

पुजन उपरकोटी – मनाङ

अन्जन बिष्ट – मनाङ

विमल राना – मनाङ

दिप कार्की – मनाङ

अजित भण्डारी –नेपाल पुलिस

तेज तामाङ –नेपाल पुलिस

रबि पासवान –नेपाल पुलिस

अमित तामाङ – संकटा

सरोज दाहाल – संकटा

सुवास गुरुङ – संकटा

छिरिङ गुरुङ – च्यासल

एलेन न्यौपाने – च्यासल

सुनिल बल – च्यासल

अनन्त तामाङ –थ्री स्टार

बिक्रम लामा –थ्रीस्टार

मिक्छेन तामाङ –थ्रीस्टार

एरिक विष्ट – एन आर टी

दर्शन गुरुङ – एन आर टी

आशिष लामा – एपीएफ

दिलेन लिक्तान – जावलाखेल

अभिषेक रिजाल –जे जे स्पोर्टस् (माल्दिभ्स)

रोहित चन्द्र – पर्सिजा जाकर्ता (इन्डोनेशिया)

किरण कुमार लिम्बु – पञ्जाब एफसी (भारत)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP