एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज राति (शनिबार) ५ खेल हुदैछ ।
शीर्ष स्थानको लिभरपुल रेलिगेशन जोनमा रहेको वाटफोर्डको भ्रमणमा निस्कदैछ । पुछारको टिमबिरुद्ध उत्रदै गर्दा लिभरपुलका जेम्स मिल्नर अनुपस्थित रहनेछन् ।
उनी एफ ए कपमा चेल्सीबिरुद्धको खेलमा मंगलबार मैदान फर्कन सक्नेछन् । जोर्डन हेन्डरसन र जर्दान साकिरी समेत मैदान फर्कने सम्भावना कम छ ।
वाटफोर्डका प्रशिक्षक निगेल पियरसनले इस्मैला सरलाई लिभरपुलबिरुद्ध खेलाउन सक्नेछन् । उनले अघिल्लो खेलमा म्यान्चेष्टर युनाईटेडबिरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । किको फेमिनिया वार्टफोर्डको टोलीमा हुन सक्नेछन् ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोप वाटफोर्डबिरुद्ध आफ्नो टिम शतप्रतिशत तयार रहेको बताउँछन् ।
उनले खेल निकै प्रतिस्पर्धात्मक हुने बताउँदै दुवै टिमले जितको औचित्य पुष्टि गर्न प्रयास गर्ने बताए ।
'हामी यस खेलका लागि शतप्रतिशत तयार छौ । यही कारण म मेरो खेलाडीलाई प्रेम गर्छु । जब यहाँ क्लिक हुदैन, तब पनि उनीहरु ईच्छा गुमाउँदैनन् ।' उनले भने ।
'भिडन्त निकै कडा हुनेछ । उनीहरु यो जितको अर्थ पुष्टि गर्न कोशिश गर्नेछन् । हामी यो जितको अर्थ देखाउन चाहन्छौ ।' क्लोपले थपे ।
वाटफोर्डका प्रशिक्षक निगेल पियरसनले रेलिगेशनबाट बच्ने आफ्नो एक मात्र उद्धेश्य रहेको बताउँदै त्यसकालागि मेहनत गर्ने बताउँछन् ।
'हामीसंग एउटै एजेण्डा छ, यस सिजन सुरक्षित रहने । यदी खेलाडीले देशकै उत्कृष्ट टोलीबिरुद्ध खेल्न सक्षम रहेको पुष्टि गर्छन् भने त्यसले खेलाडीलाई आवश्यक मनोवल प्रदान गर्नेछ ।' उनले भने ।
लिभरपुल ७९ अंक सहित शीर्ष स्थानमा छ । वाटफोर्ड २४ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।
आजै राति हुने अन्य खेलमा शीर्ष चारको क्लब चेल्सी वर्नेमाउथको भ्रमणमा निस्कनेछ । ब्राईटोन क्रिस्टल प्यालेसको भ्रमणमा निस्कदा वर्नलीलाई न्युक्यासलले आथित्यता प्रदान गर्नेछ ।
यस्तै, रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामले साउथह्याम्टनलाई घरेलु मैदानमा बोलाउनेछ ।