काठमाडौं । २२ औं संस्करणको बुढा सुब्बा गोल्डकप फुटबलको उपाधि छिनोफानो आज (शनिबार) हुदैछ ।
उपाधिका लागि ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब मैदान उत्रदैछन् ।
धरान रंगशालामा हुने फाईनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पुलिसले लिग विजेता मछिन्द्रलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । सडनडेथमा मछिन्द्रलाई हराउँदै पुलिसले मनाङसंग उपाधि भिडन्त पक्का गरेको थियो ।
मनाङले भने भारतको युके एफसीलाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
भेट्रान फरवार्ड जुमान राई प्रेरित पुलिसलाई अनुभवी खेलाडी भोला सिलवाल, सुमन सुवेदी जस्ता खेलाडीको साथ छ ।
अन्जन विष्ट प्रेरित मनाङ कमल श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । मनाङले मोफसलको प्रतियोगिताका लागि ओलावले अफिजलाई क्लबमा अनुबन्धन गरेको छ ।
मनाङले फरवार्ड अभिषेक रिजाललाई क्लबमा अनुबन्धन गरेपछि खेलाडी दर्ता नियमावली अनुसार खेलाउन पाएको छैन ।
प्रतियोगिताको विजेताले १० लाख र र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको स्कुटर प्राप्त गर्नेछन् ।
यस्तै, सर्वाधिक गोलकर्ताले जनही ३५ हजार र विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।