एजेन्सी । ईङ्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई हराएको हो ।
खेलको ७० औ मिनेटमा जामल लुईसको गोल पाहुना टोली लेस्टरलाई स्तब्ध बनाउन पर्याप्त रह्यो ।
लेस्टर सबै प्रतियोगितामा पछिल्ला पाँच खेलमा जित विहिन छ ।
लेस्टरका केलची इहनाचोले दोस्रो हाफमा गोल गरेका थिए । तर भारमार्फत हेर्दा सो गोलमा ह्याण्ड देखिएपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।

तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको छ ।
लेस्टर ५० अंक सहित तालिकाको तेस्रो स्थानमा छ । उसले चौथो संस्थानको चेल्सीसंग ६ अंकको अग्रता लिएको छ ।