काठमाडौं । आयोजक माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इलामको ठूलो टुँडिखेलमा शुक्रबार सिक्किमको ग्यान्टोक फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै आयोजक अन्तिम आठमा पुगेको हो ।
आयोजकको जितमा दुवै गोल जोर्डन ओबानाले गरे । खेलको पाँचौं मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।
अब सेमिफाइनल प्रवेशका लागि माईभ्याली भारतको मोहम्मडम स्पोर्ट्स क्लब कोलकातासँग खेल्नेछ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।