काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार १० खेलाडीमा सिमित रानीपोखरी कर्नर टिम आरसीटीलाई ३-० गोल अन्तरले पराजित गर्दै खुमलटार लगातार दोस्रो जित निकालेको हो ।
खुमलटारको जितमा सबिन केसीले दुई गोल गरे । महेश राईले थप एक गोल गरे ।
खेलको २८ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो । ३८ औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा कप्तान अमर डंगोलले रातो कार्ड पाएपछि आरसिटी १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ६२ औं मिनेटमा सबिनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ३-० को सहज जित दिलाए ।
खेलको म्यान अफ दि म्याच खुमलटारका महेश राई चुनिए ।
जितसँगै खुमलटारले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा खुमलटारले मध्यपुर युथ एसोसियसनलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
आरसीटीले भने २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा आरसीटीले झम्सिखेल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।